Comments Add Comment

भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

३ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख १७ हजार ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै सो अवधिमा एक हजार १८५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या एक करोड ४२ लाख ९१ हजार नाघेको छ । त्यस्तै एक लाख ७४ हजारभन्दा धेरैको मृत्यु भएको छ । भारतमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १५ लाख ६९ हजार नाघेको छ ।

भारतको महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ६१ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने उत्तर प्रदेशमा २२ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै दिल्लीमा १६ हजार र छत्तीसगढमा १५ हजारभन्दा धेरै संक्रमित थपिएका छन् । कर्नाटकमा पनि कोरोनाका नयाँ संक्रमितको संख्या १४ हजारभन्दा धेरै छ ।

भारतमा अहिलेसम्म ११ करोड ७२ लाख डोज कोरोना खोप दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment