
३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार दिउँसो एक्कासी वर्षा भएको छ । छोटो समय असिनासहित वर्षा हुँदा काम विशेषले यात्रा गर्नेहरु समस्यामा परे । उपत्यकामा कतै पानी परे पनि कतै भने घाम लागिरहेको छ ।
वर्षा भएको क्षेत्रमा पनि केहीबेर पछि नै घाम लागेको थियो । बिहीबार साँझदेखि मौसम बदली भएकामा शुक्रबार दिउँसो छोटो समय मात्र वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागले हावाहुरी र चट्याङ पर्न पर्ने भए पनि ठूलो वर्षा नहुने बताएको छ । ठूलो वर्षा नभए पनि एक्कासी परेको पानीले सडकमा व्यापार गर्नेहरु, काम विशेषले यात्रा गर्नेहरु प्रभावित भएका थिए ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4