+
+
Shares

काठमाडौंमा सामान्य चहलपहल सुरु (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते ७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा दुई दिनको आन्दोलनपछि सडकमा सामान्य आवतजावत सुरु भएको छ।
  • सेनाले काठमाडौंका प्रमुख सडकमा गस्ती गर्दै घरबाहिर निस्किन नदिन आग्रह गरेको छ।
  • प्रदर्शनका कारण फोहोर भएका सडकमा ब्रुमरले सफाइ सुरु गरेको छ।

२५ भदौ, काठमाडौं । दुई दिनको आन्दोलनपछि काठमाडौंको अवस्था केही सामान्य बनेको छ ।

आज बिहानैदेखि काठमाडौंका सडकमा केही गाडी र नागरिक देखिएका छन् । पुरानो बानेश्वर, नयाँ बानेश्वर, पुतली सडक, सिंहदरबार क्षेत्रका सडकमा सामान्य आवतजावत देखिएको छ ।

किराना पसल, तरकारी पसल, डेरीलगायत पसलहरु सञ्चालनमा आएका छन् ।

काठमाडौंका प्रमुख सडकहरुमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन-जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् ।

सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ ।

प्रदर्शनका कारण फोहोर भएका केही सडकमा ब्रुमरले सफा गर्ने काम पनि सुरु भएको छ ।

तस्वीर : दीपक अधिकारी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?