+
+
Shares

सुरक्षाकर्मीको नियन्त्रण बाहिर काठमाडौं

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १४:०७

२४ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनमा सरकारले दमन गरेपछि उग्र बनेको प्रदर्शन सुरक्षाकर्मीको नियन्त्रण बाहिर पुगेको छ ।

सडकमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुको नियन्त्रणभनदा बाहिर काठमाडौं छ ।

१९ जना विद्यार्थीको मारिएपछि उग्र बनेको आन्दोलनले अहिले शिर्ष नेताका घरहरु, सरकारी निवास, कार्यालयहरुमा तोडफोड र आगजनीमा उत्रिएका छन् ।

मंगलबारको प्रदर्शनम आगजनी र तोडफोडका घटनाहरु व्यापक बनेका छन् । कफ्युका बीच पनि प्रदर्शनकारीहरुले निरन्तर आक्रमण र आगजनी गरिरहेका छन् ।

सडकमा खटिएका सुरक्षाकर्मीको नियन्त्रणभन्दा बाहिर अहिले काठमाडौंको स्थिती पुगेको छ । सुुरक्षा अधिकारीहरुले भने यो किसिमको आन्दोदन हुन्छ भनेर विश्षेण नै भएको बताएका छन् ।

अहिले सुरक्षाकर्मीहरुले आन्दोलनकारी रोक्न सक्ने अवस्था छैन ।

सोमबार नै सुरक्षामा गम्भीर चुक भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआईजी दानबहादुर कार्कीलाई पठाइएको थियो । तर सोमबार १९ जना विद्यार्थी मारिएपछि उग्र बनेको आन्दोलनको सामान गर्न सुरक्षाकर्मी असफल भएका छन् ।

प्रदर्शन उग्र र नेता केन्द्रीत बनेपछि शिर्ष नेताहरुलाई नेपाली सेनाले सुरक्षित ठाउँमा राखेको छ । सैनिक हेलिकप्टरमार्फत काठमाडौंबाट नेताहरुलाई बाहिर लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?