
३ वैशाख, काठमाडौँ । सशस्त्र प्रहरीको टोलीले २ सय ५५ वटा नाईट्रोभेट ट्याब्लेटसहित एक युवकलाई पक्राउ गरेको छ ।
भे ६ प २७६० नम्बरको मोटरसाईकलमा सवार कार्कीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोरियाबाट खटिएको एपीएफ टोलीले लागूऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही जिल्लाको उर्लावारी नगरपालिका २ बस्ने ३६ वर्षीय रमेश कार्की छन् । एपीएफ टोलीले उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।
पक्राउ परेका कार्कीलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय सिजुवामा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4