Comments Add Comment

कार्तिक आर्यनले छाडे ‘दोस्ताना २’, विग्रियो करणसँगको सम्बन्ध

सन् २००८ मा रिलिज भएको बलिउड चलचित्र ‘दोस्ताना’को सिक्वेलको काम तिव्र गतीमा चलिरहेको छ । सन् २०१९ मै यो चलचित्र निर्माणको घोषणा भएको थियो ।चलचित्रमा कार्तिक आर्यन, जानवी कपसर र लक्ष्मी लालवानीको मुख्य भूमिका रहने बताइएको थियो ।

तर, अब यो चलचित्रबाट नायक कार्तिक आर्यन बाहिरिएका छन् । कार्तिक र चलचित्रको निर्माण कम्पनी धर्मा प्रोडक्शनविचको सम्बन्ध विग्रिएपछि उनी चलचित्रबाट बाहिरिएका हुन् ।

एकातिर कार्तिकको डेट नहुनु, अर्कोतिर उनलाई चलचित्रको कथा पनि मन नपर्नु उनले चलचित्र छाड्नुको मुख्य कारण मानिएको छ । कार्तिकले चलचित्रका लागि २० दिनको छायांकन समेत गरिसकेका थिए । तर, उनले व्यवसायिक धर्म निर्वाह नगरेको भन्दै धर्मा प्रोडक्शन र यसका प्रमुख करण जोहर उनीसँग रिसाएका छन् । करण अब चलचित्रको काम नयाँ नायकको साथमा सुरु गर्ने तयारीमा छन् ।

कार्तिक आर्यनले चलचित्र ‘धमाका’को छायांकन सकेका छन् भने उनको चलचित्र ‘भूल भूलैया २’ पनि रिलिजको पर्खाइमा छ । बलिउडकै सबैभन्दा ठूलो चलचित्र निर्माण कम्पनी मानिएको धर्मा प्रोडक्शनसँगको टकराव कार्तिकका लागि कती भारी पर्ने हो, त्यो भोलीको दिनमा थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment