३ वैशाख, काठमाडौं । नेपाल स्पाेर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टकाे आयाेजनामा वैशाख ११ देखि शुरु हुने नेपाल सुपर लिग (एनएसएल) का लागि एफसी चितवनले इजिप्टका दुई खेलाडी अनुबन्ध गरेको छ ।
चितवनले इजिप्टका अहमद मोहम्मद गबला र अल सायद शाबनलाई अनुबन्ध गरेको हो । चितवनले शुक्रबार सामाजिक सञ्जाल फेसबुक पेजमार्फत दुई खेलाडीलाई सार्वजनिक गरेको हो ।
राष्ट्रिय टिमका फरवार्ड भरत खवास मार्की प्लेयर रहेका चितवनकाे प्रशिक्षकमा मेघराज केसी छन् ।
वैशाख ११ देखि जेठ १ सम्म दशरथ रंगशालमा सञ्चालन हुने पहिलो संस्करणको एनएसएलमा ७ फ्रेन्चाइज टिमले सिंगल राउण्ड राेविन लिगकाे आधारमा खेल्नेछ ।
प्रतिक्रिया 4