Comments Add Comment

टीयू मैदानमा नेपाल र नेदरल्याण्ड्स भिड्दै, दर्शकको उल्लेख्य उपस्थिति

४ वैशाख, काठमाडौं । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारदेखि शुरु भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा अहिले घरेलु टिम नेपाल र नेदरल्याण्ड्स खेलिरहेका छन् ।

कोरोना महामारीको दोस्रो लहर शुरु भएपनि नेपाल र नेदरल्याण्ड्सबीचको खेल हेर्न दर्शकको उल्लेख्य उपस्थिति रहेको छ ।

सरकारले कोरोना संक्रमण बढी देखिएका १४ जिल्लामा भिडभाड हुने खालका कार्यक्रम नगर्न आग्रह गरेपनि नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको टी–२० सिरिजको खेल हेर्न हजारौंको संख्यामा दर्शकहरु मैदानमै पुगेका हुन् ।

खेल हेर्नका लागि १५० रुपैयाँ टिकट मूल्य तोकिएको छ । खेलको ५ ओभर सकिँदा नेपालले नेदरल्याण्ड्सको २ विकेट लिइसकेको छ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment