+
+
Shares

शहरी क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्नुपर्ने सीसीएमसीको निष्कर्ष

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ४ गते १७:४४

४ वैशाख, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शहरी क्षेत्रका विद्यालयहरुमा वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने निष्कर्ष निकालेको छ । यसबारे अब बस्ने मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ ।

सीसीएमसीको शनिबार बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको कोभिड-१९ को संक्रमण रोकथामसम्बन्धी आदेशबारे छलफल भएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालका अनुसार यो आदेशमा विद्यालय बन्द गर्ने शब्द छैन । ‘धेरै संक्रमण देखिएको ठाउँहरुमा तत्कालका लागि वैकल्पिक विधिमार्फत विद्यालयहरुमा पठनपाठन गर्नुपर्छ भन्ने छलफल भएको छ,’ उनले भने, ‘अब क्याबिनेटले आवश्यकता अनुसार निर्णय गर्छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?