+

त्रिकोणात्मक सिरिज : नेदरल्याण्ड्स र मलेसिया खेल्दै

२०७८ वैशाख  ५ गते ७:४१ २०७८ वैशाख ५ गते ७:४१
त्रिकोणात्मक सिरिज : नेदरल्याण्ड्स र मलेसिया खेल्दै

५ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा शनिबारदेखि सुरु भएको त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेदरल्याण्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ।

खेल कीर्तिपुरस्थित टी-यू अन्तर्राष्ट्रिय मैदानमा १२:१५ बजे सुरु हुनेछ । शनिबार भएको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

आज नेदरल्याण्ड्स र मलेसिया सुदख सुरुआत गर्ने लक्ष्यमा छन् । नेदरल्याण्ड्स र मलेसिया यसअघि टी-२० क्रिकेटमा भेट भएका छैनन् ।

तीन टोली सहभागी सिरिजमा डबल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

 

नेदरल्याण्ड्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय