Comments Add Comment

मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेदरल्याण्ड्स

५ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्याण्ड्स र मलेसियाबीच खेल सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गरेको छ ।

शनिबार भएको पहिलो खेलमा नेदरल्याण्ड्स घरेलु टोली नेपालसंग ९ विकेटले पराजित भएको थियो ।

आइतबार ५ ओभरको खेल सकिँदा नेदरल्याण्ड्सले १ विकेट गुमाएर ३३ रन बनाएको छ ।

नेदरल्याण्ड्सका टोबियस भिसे १ रन बनाएर आउट भएका छन् । उनलाई मलेसायका पवनदीप सिंहले बोल्ड गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment