Comments Add Comment

यी हुन् प्रविधि क्षेत्रका सबैभन्दा धनी ५० अर्बपति

फोर्ब्स म्यागेजिनले हालै विश्वका अर्बपतिहरुको आफ्नो वार्षिक सूची सार्वजनिक गर्‍यो । महामारीका बाबजुत सन् २०२० मा विश्वमा ४९३ जना नयाँ अर्बपति थपिए भने विद्यमान सम्पत्तिमा अभूतपूर्व रुपमा ५ ट्रिलियन डलरले वृद्धि भएको फोर्ब्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

अर्बपतिहरुको सूचीमा लगातार चौथो वर्ष पनि अमेजनका सीईओ जेफ बेजोसले पहिलो स्थान कब्जा गरेका छन् । उनको सम्पत्ति सन् २०१९ मा भन्दा सन् २०२० मा ६४ अर्ब डलरले वृद्धि भएको छ ।

विश्वका अर्बपतिहरुको सूचीमा प्रविधि क्षेत्रको उपस्थिति यो पटक पनि निकै ससक्त छन् । फोर्ब्सको सूचीमा परेका प्रविधि क्षेत्रका विश्वका शीर्ष ५० जना अर्बपतिहरुको सूची यस्तो छ :

१. जेफ बेजोस : फोर्ब्सको सूचीअनुसार अमेजन सीईओ जेफ बेजोसको कूल सम्पत्ति १ खर्ब ७७ अर्ब डलर रहेको छ ।

२. एलन मस्क :  टेस्ला तथा स्पेस एक्स कम्पनीका सीईओ एलन मस्क विश्वका अर्बपतिहरुको सूचीमा दोश्रो नम्बरमा छन् । उनको कूल सम्पत्ति १ खर्ब ५१ अर्ब डलर रहेको छ ।

३. बिल गेट्स : विश्वका अर्बपतिहरुको सूचीमा चौथो स्थानमा छन् बिल गेट्स । माइक्रोसफ्ट कम्पनीका सह-सस्थापक बिल गेट्सको कूल सम्पत्ति १ खर्ब २४ अर्ब डलर रहेको छ ।

४. मार्क जुकरबर्ग : फेसबुक सस्थापक तथा सीईओ मार्क जुकरबर्गको कूल सम्पत्ति ९७ अर्ब डलर छ । उनी विश्वका अर्बपतिहरुको सूचीमा ५औँ स्थानमा छन् ।

५. वारेन बफेट : बर्कशाएर हाथावेका सीईओ तथा अध्यक्ष वारेन बफेट कूल ९६ अर्ब डलर सम्पत्ति सहित छैटौँ स्थानमा रहेका छन् ।

६. ल्यारी एलिसन : ओरेकल कम्पनीका सीईओ ल्यारी एलिसन विश्वका अर्बपतिहरुको सूचीमा सातौँ स्थानमा छन् । उनको कूल सम्पत्ति साढे ९१ अर्ब डलर रहेको छ ।

७. ल्यारी पेज : गुगलका सह-सस्थापक ल्यारी पेजको कूल सम्पत्ति पनि साढे ९१ अर्ब डलर छ ।

८. सेर्गेइ ब्रिन :  गुगलका अर्का सस्थापक सेर्गेइ ब्रिन विश्वका अर्बपतिहरुको सूचीमा नवौँ स्थानमा छन् । उनको कूल सम्पत्ति ८९ अर्ब डलर रहेको छ ।

९. मुकेश अम्बानी : रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष भारतीय अर्बपति मुकेश अम्बानी विश्वका टपटेन अर्बपतिभित्र अटाएका छन् । उनको कूल सम्पत्ति साढे ८४ अर्ब डलर रहेकेा छ ।

१०. स्टिभ बाल्मर : माइक्रोसफ्ट कम्पनीका पूर्व सीईओ बाल्बर विश्वका अर्बपतिहरुको सूचीमा १४ औँ स्थानमा छन् । उनको कूल सम्पत्ति ६८ अर्ब ७० करोड डलर छ ।

११. प्रविधि क्षेत्रका शीर्ष ५० अर्बपतिहरुमध्ये चिनियाँ कम्पनी टेनसेन्टका सस्थापक मा हुआटेंग विश्वका अर्बपतिहरुको सूचीमा १५ औँ स्थानमा छन् । उनको कूल सम्पत्ति ६५ अर्ब ८० करोड डलर रहेको छ ।

१२. त्यस्तै विश्वका अर्बपतिहरुको सूचीमा २१ औँ नम्बरमा रहेका चिनियाँ कृषि प्रविधि कम्पनी पिन्डुओडुओका सीईओ कोलिन हुआंगको कूल सम्पत्ति ५५ अर्ब ३० करोड डलर छ ।

१३. अलिबाबाका संस्थापक ज्याक मा ४८ अर्ब ४० करोड डलर सम्पत्तिसहित समग्र अर्वपतिहरुको सूचीमा २६औँ स्थानमा छन् ।

१४. डेल टेक्नोलोजिजका सीईओ माइकल डेल कूल ४५ अर्ब १० करोड डलर सम्पत्ति सहित अर्बपतिहरुकेा सूचीमा ३०औँ स्थानमा छन् ।

१५. झांग यिमिंग : संस्थापक बाइटडान्स कम्पनी । कूल सम्पत्ति ३५ अर्ब ६० करोड डलर । ३९ औँ स्थानमा ।

१६. विलियम डिंग : नेटिज कम्पनीका सीईओ । कूल सम्पत्ति ३३ अर्ब डलर । ४५ औँ स्थानमा ।

१७. वांग जिंग  : Meituan Dianping कम्पनीका सीईओ । कूल सम्पत्ति २६ अर्ब १० करोड डलर । ६० औँ स्थान ।

१८. शिव नादर : सहसस्थापक एचसिएल कम्पनी । कूल सम्पत्ति साढे २३ अर्ब डलर । ७१ औँ स्थानमा ।

१९. झांग झिडोंग : सहसस्थापक टेन्सेन्ट कम्पनी। कूल सम्पत्ति २३ अर्ब ४० करोड । ७३ औँ स्थानमा ।

२०. लेइ जुन : सहसस्थापक तथा अध्यक्ष शाओमी कम्पनी । कूल सम्पत्ति २३ अर्ब डलर । ७५ औँ स्थानमा ।

२१. रिचार्ड लिउ : सीईओ जेडी डट कम । कूल सम्पत्ति २२ अर्ब ४० करोड डलर । ७७औँ स्थानमा ।

२२. पाइरे ओमिडाएर : इ बे कम्पनीका सस्थापक । कूल सम्पत्ति २१ अर्ब ४० करोड डलर । विश्वका अर्बपतिको सूचीमा ८३ औँ स्थानमा ।

२३. रोबर्ट पेरा : सीईओ, उबिक्विटी नेटवर्कस् कम्पनी । कूल सम्पत्ति १८ अर्ब ३० करोड । १ सयौँ स्थानमा ।

२४. डस्टिन मोस्कोभिच : सह सस्थापक फेसबुक । कूल सम्पत्ति १७ अर्ब ८० करोड डलर सहित १०७ औँ स्थानमा ।

२५. पाभेल डुरोभ : संस्थापक टेलिग्राम कम्पनी । कूल सम्पत्ति १७ अर्ब २० करोड डलर । ११२ औँ स्थानमा ।

शीर्ष ५० मा परेका अन्य प्रविधि अर्बपतिहरुमा लेन्स टेक्नोलोजी कम्पनीकी अध्यक्ष झोउ कुनफेइ (१५.४ अर्ब डलर), भिडियो कनफ्रेन्सिङ प्लाटर्फम जूमका संस्थापक इरिक युआन (१४.९ अर्ब डलर), चिनिया सोसल मिडिया प्लाटर्फम बाइदुका संस्थापक रोबिन ली (१४.७ अर्ब डलर) तथा फेसबुकका अर्का सह सस्थापक इडुआर्डो साभेरिन (१४.६ अर्ब डलर) रहेका छन् ।

त्यस्तै सफट्वेयर कम्पनी एटलासियनका सहसस्थापक माइक क्यानोन ब्रुक्स (१४.२ अर्ब) तथा अर्का सहसस्थापक स्कट फार्कुहार (१४ अर्ब), एयर बिएनबीका सह सस्थापक ब्रायन चेस्की (१३.७ अर्ब) तथा अनलाइन गेमिंग कम्पनी नेक्सनका सहसस्थापक किम जुंग जु (१३.३ अर्ब) पनि विश्वका शीर्ष ५० प्रविधि अर्बपतिभित्र अटाएका छन् ।

विश्वका शीर्ष ५० प्रविधि अर्बपतिको सूचिमा साढे १२ अर्ब डलर कूल सम्पत्ति सहित ट्वीटरका सिइओ ज्याक डोर्सी पनि परेका छन् । उनी फोर्ब्सको सूचीमा १७३ औँ स्थानमा छन् ।

टप ५० टेक बिलिनेयरको सूचीमा एयर बिएनबीका अर्का सहसस्थापक नाथन ब्लेचार्जिक (१२.४ अर्ब), अर्का सहसस्थापक जोए गेब्बिया (१२.४ अर्ब), इन्टेल कम्पनीका सहसस्थापक गोर्डोन मूरे (१२.१ अर्ब), स्न्यापच्याटका सहसस्थापक बब्बी मुर्फे (११.९ अर्ब), एनभिदिया कम्पनीका सहसस्थापक जेनसेन हुआंग (११.८ अर्ब) तथा अलिबाबाका अर्का सहसस्थापक जोफेस साइ (११.६ अर्ब) पनि परेका छन् ।

त्यस्तै स्न्यापच्याटका सिइओ इभान स्पाइजेल (११.१ अर्ब डलर), एसएपी कम्पनीका सस्थापक डाइटमार होप (१०.१ अर्ब), सायबर सेक्योरिटी कम्पनी जेस्कालरका सिइओ जय चौधरी (१० अर्ब), ह्वाट्सएपका सह सस्थापक जान कोउम (९.९ अर्ब), कोरियन मेसेजिंग एप काकाओका सस्थापक तथा अध्यक्ष किम बेओम सु (९.३ अर्ब), किंग्सटन टेक्नोलोजीका सस्थापक डेभिड सन (९.१ अर्ब), शाओमीका अध्यक्ष लिन बिन (८.७ अर्ब डलर), विप्रोका अध्यक्ष अजिम प्रेमजी (८.६ अर्ब डलर), एसएपी कम्पनीका सह सस्थापक हास्सो प्लाटनर (८.३ अर्ब डलर) तथा आरिस्टा नेटवर्कस्का सह सस्थापक एन्ड्रेस फोन बेचटोल्सहेइम (८.२ अर्ब) पनि विश्वको प्रविधि उद्योगका शीर्ष ५० अर्बपतिहरुको सूचिभित्र पर्न सफल भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment