+
+
Shares

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ५ गते १४:१९

५ वैशाख, भक्तपुर । मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो ।

आफ्नो घर नजीक दुर्घटना भएर सोही मोटरसाइकलले थिचिएको अवस्थामा स्थानीयवासीले उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगेकामा उपचारकै क्रममा आइतबार उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?