+

युभेन्ट्सलाई हराउँदै एटलान्टा तेस्रो स्थानमा

२०७८ वैशाख  ६ गते ७:१० २०७८ वैशाख ६ गते ७:१०
युभेन्ट्सलाई हराउँदै एटलान्टा तेस्रो स्थानमा

काठमाडौं । इटालियन सिरी ए मा साविक विजेता युभेन्ट्स एटलान्टासँग १-०ले पराजित भएको छ । आइतबार भएको खेलमा खेल सकिन तीन मिनेट अगाडि गोल गर्दै एटलान्टाले जित हात पारेको हो ।

एटलान्टाका लागि ८७औं मिनेटमा रुस्लान मालिनोभस्कीले निर्णायक गोल गरे ।

हारपछि युभेन्ट्स अंकतालिकामा चौथो स्थानमा झरेको छ भने एटलान्ट तेस्रो स्थानमा उक्लो छ ।

३१ खेलबाट ६४ अंक जोडेको एटलान्टा दोस्रो स्थानको एसी मिलानभन्दा २ अंकले मात्र पछि छ ।

समान खेलबाट युभेन्ट्सको ६२ अंक  छ ।

आइतबारै भएको खेलमा एसी मिलानले जेनोअलाई २-१ ले पराजित गरेको थियो । मिलानको जितमा एन्टे रेबिक र स्कामाकाले एक एक गोल गरे ।

एटलान्टा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय