Comments Add Comment

एप्पलको आइफोन १४ मा ४८ मेगापिक्सेलको क्यामरा

६ वैशाख, काठमाडौँ । उसो त एप्पलका आइफोनलाई उत्कृष्ट क्यामराका लागि पनि लोकप्रिय छन् । प्रयोगकर्ताको यहीँ रोजाईलाई अझै व्यापक बनाउनका लागि एप्पलले आफ्नो नयाँ आइफोनमा अहिलेसम्मकै उत्कृष्ट तथा शानदार क्यामरा क्वालिटी उपलब्ध गराउने भएको छ ।

एप्पलले सन् २०२२ मा बजारमा ल्याउने भनिएको आइफोन १४ सिरिजमा उपलब्ध हुने क्यामराका विषयमा विभिन्न जानकारीहरु सार्वजनिक भएका छन् ।

एप्पलल इनसाइडरको रिपोर्ट अनुसार अर्को वर्ष बजारमा आउने आइफोनको नयाँ सिरिज मा ४८ मेगापिक्सेलको क्यामरा सेन्सर हुने बताइएको छ ।

४८ मेगापिक्सेलको क्यामराका कारण ८के जस्ता हाइ क्वालिटी भिडियो समेत रेकर्ड गर्न सकिनेछ ।

हालसम्म् सामसुंगको ग्यालेक्सी एस२१ सिरिजका अलावा शाओमी ःक्ष्ज्ञज्ञ ग्तिचब तथा वनप्लस नाइन सिरिजका स्मार्टफोनमा डप् भिडियो रेकर्डिंग सपोर्ट उपलब्ध छ ।

क्यामराको क्षमताका हिसाबले एन्ड्रोइड स्मार्टफोनहरु निकै अगाडि पुगिसक्दा एप्पल पछि परेको आभाष भैरहेको थियो । हाल विभिन्न एन्ड्रोइड स्मार्टफोनहरुमा १०८ मेगापिक्सेल सम्मका क्यामरा उपलब्ध छन् । जबकि एप्पलको सबैभन्दा गुणस्तरीय क्यामरा सेन्सर १२ मेगापिक्सेलको हो, जुन आइफोन १२ प्रो म्याक्समा उपलब्ध छ ।

आइफोन मिनी बन्द हुने

एप्पल विश्लेषक मिङ चि कुयोले सन् २०२२ मा एप्पलले आफ्नो आइफोन मिनी सिरिज बन्द गर्ने तयारी गरिरहेको बताएका छन् । अर्थात् अब एप्पल कम्प्याक्ट स्मार्टफोनको उत्पादन बन्द गरी ठूलो स्क्रिनयुक्त स्मार्टफोनमा केन्द्रित हुनेछ ।

अर्थात् आइफोन १४ सिरिजमा एप्पलले ६.१ र ६.७ इन्च डिस्प्ले भएका मोडेल मात्र ल्याउनेछ । आइफोन मिनी सिरिज अपेक्षा अनुरुप बिक्रि नभएपछि एप्पलले हाल यसको उत्पादनमा समेत कटौती गरिसकेको छ ।

विश्लेषकहरुका अनुसार सन् २०२३ देखि एप्पलले आफ्ना आइफोनमा नोच हटाउनेगरी डिस्प्लेको मुनि फेस आइडी सेन्सर राख्नेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment