Comments Add Comment

कुखुराको मासुको थोक मूल्य प्रतिकिलो ४३० रुपैयाँ पुग्यो

६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा तयारी ब्रोइलर कुखुराको मासुको मूल्य किलोमा ४३० रुपैयाँ पुगेको छ । आइतबार बेलुकीबाट लागू भएको जिउँदो ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँँले बढ्दा मासुको भाउ बढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । संघको आइतबार बसेको बैठकले जिउँदो ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकिलो ३१० रुपैयाँ तोकेको थियो ।

बढेको मासुको मूल्य हालसम्मकै सबैभन्दा धेरै भएको महासंघका सचिव देवकुमार गिरीले अनलाइनखबरलाई बताए । ‘संघको आइतबार बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । बजारमा मागको तुलनामा ब्रोइलर कुखुराको उत्पादन कम भएपछि जिउँदो कुखुराको मूल्य बढेको बढ्यौ छ,’ सचिव गिरीले भने । जिउँदो कुखुराको भाउ बढ्नुको असर तयारी मासुमा पनि परेको संघले जनाएको छ ।

तयारी मासुको कोल्ड स्टोर थोक मूल्य बढेसँगै खुद्रामा मासुको भाउ प्रतिकिलोमा ४५० रुपैयाँसम्म पुगेको हुनसक्ने संघले जनाएको छ । यस अघिको लकडाउनका कारण मझौला तथा साना कुखुरा पालक किसान व्यवसायबाट विस्थापित हुँदा कुखुराको उत्पादन घटेको कुखुरापालक व्यवसायीहरु बताउँछन् ।

यस अघि देशभर दैनिक झण्डै १० लाख किलो कुखुराको मासु उत्पादन एवं खपत हुँदै आएपनि अहिले उत्पादनमा ४० प्रतिशतसम्मले ह्रास आएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको दाबी छ । दशभरमा सबैभन्दा धेरै कुखुराको मासु खपत हुने सहर काठमाडौंलाई दैनिक साढे दुई लाख किलो तयारी मासुको आवश्यकता पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment