 
																			६ वैशाख, काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसहित उनको परिवारका पाँच जनालाई कोरोना संक्रमण देखिएको हो ।
कलाकार श्रेष्ठले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलगायत छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।
उनले कोरोना संक्रमण देखिएपछि सास्ती हुने र यसलाई खेलाँची नगर्न पनि सबैलाई आग्रह गरेका छन् । ‘भइसकेपछि सास्ती चाहिं हुने रहेछ, त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला । जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला,’ उनले फेसबुकमा लेखेका छन् ।
कलाकार श्रेष्ठको सोमबार जन्मदिन पनि हो । जन्मदिनको अवसरमा शुभकामना दिने सबैलाई उनले धन्यवादसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4