+
+
Shares

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ७ गते ९:०५

७ चैत, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । वीरगञ्ज-१४ बहुअरी बस्ने ५७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको नारायणी बयोधा अस्पतालमा उपचारको क्रममा सोमबार राति निधन भएको हो । ९ दिनअघि अस्पतालमा भर्ना भएका उनमा अन्य दीर्घ रोगसँगै कोरोना संक्रमण भएको अस्पताल प्रशासनले जनाएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि वीरगञ्जमा ६ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?