+
+

सिटिजन्सले कमायो डेढ अर्ब बढी मूनाफा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ७ गते १०:२०

७ वैशाख, काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभेको सिटिजन्स बैंक इन्टरनेसनले मूनाफा आर्जनमा राम्रो सुधार गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म यस बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिको तुलनामा ४१.६१ प्रतिशत नाफा बढाएको हो । बैंकको वितरणयोग्य मुनाफा २२७.५८ प्रतिशत बढेर १ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १३.१९ प्रतिशत बढेको छ भने प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ ।

बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६६ पैसा बढेर १७ रुपैयाँ ६७ पैसा पुगेको छ । बैंकको नेटवर्थ १ रुपैयाँ १० पैसा बढेर १४६ रुपैयाँ ८७ पैसा पुगेको छ । बैंकले निक्षेप ४३.६८ प्रतिशत बढाएर कर्जा लगानी ३७.९२ प्रतिशत बढाएको छ । निस्किृय कर्जा पनि १.८३ प्रतिशतमात्रै देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?