
७ वैशाख, काठमाडौँ । भारतीय कांग्रेसका सांसद राहुल गान्धीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार दिउँसो आफूलाई कोरोना पोजिटीभ भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । साथै आफ्नो सम्पर्कमा आएका सबैजनालाई साबधानी अपनाउन उनले आग्रह गरेका छन् ।
After experiencing mild symptoms, I’ve just tested positive for COVID.
All those who’ve been in contact with me recently, please follow all safety protocols and stay safe.
— Rahul Gandhi (@RahulGandhi) April 20, 2021
यसअघि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकी श्रीमतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै मुख्यमन्त्री केजरीवाल अहिले क्वारेन्टिनमा छन् ।
भारत अहिले कोरोनाको दोस्रो लहरको सामना गरिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भारतमा कोरोनाका दुई लाख ६१ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए भने १ हजार ७६१ जनाको संक्रमणको कारण मृत्यु भएको थियो ।
कोरोना संक्रमण बढेसँगै दिल्लीले एक सातालाई लकडाउनको घोषणा गरेको छ भने उत्तर प्रदेशमा पनि साताको दुई दिन लकडाउन गर्ने घोषणा गरिएको छ ।
प्रतिक्रिया 4