Comments Add Comment

एकैदिन १९३ बालबालिकामा कोरोना संक्रमण

७ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९३ बालबालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ० देखि ९ वर्ष उमेर समूहका ४३ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका १५० जना बालबालिका रहेका छन् । यसअघि सोमबार ९८ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०५५ पीसीआर परीक्षणमा १६६७ र ६८३ एन्टिजेन परीक्षणमा ६९ गरी १७३६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २५१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment