
७ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेकाले शय्याको उपलब्धता र उपचार पाउने सुनिश्चित भएपछि मात्र अन्य अस्पतालमा बिरामी पठाउन गर्न निर्देशन दिएको छ ।
मंगलबार मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणनिधि लोहनीले सबै अस्पताललाई पत्राचार गर्दै कुनै पनि अस्पतालमा आइपुगेका बिरामीको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पतालमा पठाउनु परे आवश्यक समन्वय गरेर मात्र पठाउन निर्देशन दिएका छन् ।
मन्त्रालयले कोरोना संक्रमण बढेसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणमा पर्न गएको कठिनाइप्रति ध्यानाकर्षण भएकोसमेत बताएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4