+
+

उत्तरपुस्तिका सच्याएको आरोपमा लोकसेवा आयोगका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते १६:२५

८ वैशाख, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लोकसेवा आयोग केन्द्रीय कार्यालय, अनामनगरका तत्कालीन शाखा अधिकृत मिमबहादुर शाहीविरुद्ध मुद्दा दायर गरेको छ ।

तत्कालीन शाखा अधिकृत शाहीले छोरीलाई परीक्षामा सफल गराउने नियत राखी नेपाल वायु सेवा निगमतर्फको सहायक चौथो तहको परीक्षाको उत्तरपुस्तिका सच्याएको अख्तियारले आरोप लगाएको छ ।

शाहीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुरजन्य भएको भन्‍दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) बमोजिम बुधबार विशेष अदालतमा उनीविरूद्ध मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?