+
+
Shares

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते १७:३०

८ वैशाख, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

अस्पतालका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–२ की ७८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

चैत २४ गते गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड वार्डमा भर्ना भएकी उनको उपचारको क्रममा बुधबार दिउँसो १ः५८ बजे मृत्यु भएको डा. पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?