Comments Add Comment

टी-२० क्रिकेटमा सन्दीपको १०० औं खेल पूरा

९ वैशाख काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० औं खेल पूरा गरेका छन् । २० वर्षीय सन्दीपले त्रिकोणात्मक सिरिज अन्तर्गत मलेसियाविरुद्ध बिहीबार खेलेको खेलबाट १०० औं खेल पूरा गरेका हुन् ।

उनी १०० वटा टी-२० खेल खेल्ने पहिलो नेपाली क्रिकेटर समेत बनेका छन् । बिहीबार आफ्नो १०० औं खेलमा मलेसियाविरुद्ध ४ ओभर बलिङ गरेका सन्दीपले ४२ रन खर्चेर ३ विकेट लिए । काठमाडौंमा भइरहेको त्रिकोणात्मक सिरिजमा सन्दीपले अहिलेसम्म ४ खेलमा ११ विकेट लिइसकेका छन् ।

पहिलो खेलमा नेदरल्याण्ड्ससंग २ विकेट लिएका उनले त्यसपछि मलेसिया विरुद्ध २ र नेदरल्याण्ड्स विरुद्ध ४ विकेट लिएका थिए । सन्दीपले नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक ४५ विकेट समेत लिएका छन् ।

२५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका सन्दीपले ७५ टी-२० खेल भने विश्वका विभिन्न फ्रेन्चाइज लिगहरुमा खेलेका थिए । उनले १०० वटा खेलमा १३६ विकेट लिइसकेका छन् । नेपालका लागि २४ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका उनले एक खेल भने वर्ल्ड ११ का लागि खेलेका थिए ।

सन्दीपले वेष्टइन्डिज विरुद्ध वर्ल्ड ११ का लागि खेल्दै ३१ मे २०१८ मा टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । उनले त्यसअघि १२ मे २०१८ मा तत्कालिन दिल्ली डेभरडेभिल्सका लागि रोoल च्यालेन्जर्स विरुद्ध खेल्दै टी-२० मा डेब्यु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment