Comments Add Comment

भूकम्पको ६ वर्षपछि लाप्राकको एकीकृत नमूना बस्ती हस्तान्तरण

९ वैशाख, गोरखा । भूकम्प गएको ६ वर्षपछि धार्चे गाउँपालिका–४ लाप्राकको एकीकृत नमूना बस्ती स्थानीयलाई हस्तान्तरण गरिएको छ । वस्ती हस्तान्तरणका लागी राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक शुशील ज्ञवाली र गैरआवासीय नेपाली संघ (एनआएनए) का अध्यक्ष कुमार पन्तको टोली बिहीवार लाप्राक पुगेको थियो ।

एक कार्यक्रमका बिच लाप्राकका भूकम्पपीडित डम्बर सिंह गुरुङलाइ लालपुर्जा थमाउदै उनीहरुले औपचारिक रुपमा बस्ती हस्तान्तरण भएको घोषणा गरे । बाँकी लालपुर्जा गाउँपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङलाइ हस्तान्तरण गरियो । गाउँपालिका मार्फत अन्य लाभग्राहीलाई लालपुर्जा वितरण गरिने बताइएको छ ।

५ सय ७३ मध्य हालसम्म १ शय ३० लाभग्राहीको लालपुर्जा तयार भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइ (जिमाली) गोरखाका प्रमुख रामशरण आचार्यले बताए । ‘हाम्रो टोली लाप्राक पुगेर लाभग्राहहरुको अनलाइन फोटो खिच्ने र विवरण संकलनको काम गरिरहेको छ,’ उनले भने, ‘त्यो सकेपछि हामी दुइ-तीन दिनमा बाँकी लाभग्राहीलाई लालपुर्जा उपलब्ध गराउछौ ।’ एउटा घरधुरीको भागमा तीन आना तीन पैसा जग्गा परेको बताइएको छ ।

वस्ती निर्माणका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरण, शहरी बिकास मन्त्रालय र एनआएनए बिच २०७३ बैशाख १२ गते त्रिपक्षिय सम्झौता भएको थियो । दुई बर्षमा वस्ती निर्माण सक्ने लक्ष्य भएपनि वस्ती निर्माणमा ढिलाइ भयो ।

वस्तीले गुप्सीपाखाको करिव १८.३ हेक्टर क्षेत्रफल ओगटेको छ । वस्तीमा ५ शय ७३ घरधुरी छन् । चार कोठाको दुई तले घर निर्माण गरिएको एनआएनएका निरज महर्जनले बताए । सबै घरमा शौचालय पनि बनिसक्यो ।

महर्जनका अनुसार वस्ती निर्माणका लागि ६१ करोड ४० लाख खर्च भएको छ । प्रत्येक लाभग्राहीले ४० बोरा गिटी र ८ ट्याक्टर ढुङ्गा आफै जुटाएका हुन् । गोलाप्रथाद्धारा उनीहरुले यसअघि नै आफ्नो घर छनोट गरिसकेका छन् ।

एनआरएनएले निर्माण गरेको वस्तीमा आवश्यक भौतिक पूर्वाधार निर्माणको काम राष्ट्रिय पुननिर्माण प्राधिरकणले गर्नेछ । आवश्यक प्रक्रिया अघि बढेको जिमाली प्रमुख आचार्यले बताए ।

नाली, संरक्षण पर्खाल लगायतका संरचना निर्माणका लागी प्राधिकरणबाट २२ करोड ९० लाख रकम विनियोजन भएको उनले जानकारी दिए । ‘बहुबर्षीय ठेक्काको प्रक्रिया अघि बढिसकेको छ, एक घरधुरी बराबर पाँच लाखको दरले खर्च गर्ने गरी आवश्यक संरचनाहरु निर्माण हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment