Comments Add Comment

‘सत्यजीत रे’: जसले ‘पाथेर पांचाली’ बनाउन श्रीमतीको गहना बेचे

सन् १९९५ मा रिलिज भएको हिन्दी चलचित्र ‘पाथेर पांचाली’ कोलकत्ताको हलमा १३ हप्तासम्म हाउसफूल चलेको थियो । यो चलचित्रका निर्देशक तथा निर्माता थिए, सत्यजीत रे ।

विश्वकै प्रतिष्ठित अस्कर अवार्ड पाउने एक मात्र भारतीय चलचित्र मेकरसमेत हुन् सत्यजीत रे । सन् १९२१ मे २ मा सत्यजीतको जन्म भएको यिो । उनले आफ्नो करिअरको सुरुवात सन् १९४३ मा ब्रिटिस एडभरटाइजमेन्ट कम्पनीबाट सुरु गरेका थिए । उनले ‘जूनियर विजुलायजर’मा काम गर्दा १८ रुपैयाँ पारिश्रमिक पाएका थिए ।

सन् १९४९ मा सत्यजीतको भेट फ्रान्सेली निर्देशक जीन रेनोइरसँग भएको थियो । सत्यजीत उनकै सल्लाहा बमोजीम चलचित्र निर्माणमा प्रवेश गरेका थिए । सत्यजीत बंग्ला साहित्यकार विभूती भूषण बन्धोपाध्यायको उपन्यास ‘विलडंगसरोमन’बाट प्रभावित थिए । यही उपन्यासमा आधारित रहेर उनले ‘पाथेर पांचाली’ बनाउने निर्णय गरेका थिए । यो चलचित्र निर्माण हुन ३ बर्ष लागेको थियो ।

आफ्नो पहिलो चलचित्र बनाउनका लागि सत्यजीतले आफ्नी श्रीमतीको गहना र ग्रामोफोनको रेकर्ड पनि बेचेका थिए । यो चलचित्रले बक्स अफिसमा तहल्का नै मच्चायो । यो चलचित्रले एक व्यक्तिको बाल्यकाल, गाउँमा सुविधा विनाको जीवन, जिन्दगी र मृत्यु विचको आशालाई बोलेको छ ।

यो चलचित्र बनाउने क्रममा निर्माताले साथ छाडेपछि सत्यजीत आर्थिक संकटमा परेर आफूसँग भएका केही सामान पनि वेचेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment