
१० वैशाख, काठमाडौं । केही दिनअघिको वर्षाका कारण हिजोआज काठमाडौंको मौसम सफा देखिएको छ । आकाशमा बादल छैन भने चर्को घाम लागेको छ । टाढा टाढासम्मका दृश्य पनि स्पष्ट र सफा देखिन्छ । यो बेला उत्तरतर्फका हिमालका दृश्य पनि मनमोहक देखिन्छ ।
केही हप्ताअघि वायु प्रदूषणका कारण धेरै दिनसम्म काठमाडौंवासीले निस्सासिएको जस्तो अनुभव गरे । नजिकैको दृश्य पनि प्रष्ट देखिँदैनथ्यो भने आँखा पनि पोल्ने वायु थियो । तर अहिले खुलेको मौसमले विगतको त्यो वायु प्रदूषण पनि बिर्साइदिएको छ ।
काठमाडौंको चन्द्रागिरि डाँडा र कलंकी तथा भक्तपुरको घ्याम्पेडाँडा र पाइलटबाबा आश्रम क्षेत्रबाट देखिएको हिमालको दृश्य हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4