Comments Add Comment

मोटोरोलाको नेपालमा पुनरागमन, बजारमा ल्यायो दुई लोकप्रिय स्मार्टफोन

१० वैशाख, काठमाडौं । आफ्ना स्थापित जी र ई वर्गबाट दुईवटा नवीनतम र अत्यन्त लोकप्रिय विश्वव्यापी उत्पादनहरूका साथ मोटोरोलाले नेपालमा पुनरागमनको घोषणा गरेको छ ।
मोटोरोलाको नेपालमा पुनरागमन आफ्नो राष्ट्रिय वितरक कलमोबिलिटी प्रालिको साथमा भएको छ, जसको एउटा रोचकर साझा इतिहास छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २००७ मा, कलमोबिलिटीले नेपाली बजारमा रकआर, रेजआर र सी सिरिज जस्ता यसका परम्परागत मोडलहरू ल्याएको थियो । नेपालमा यी मोडलहरू अत्यन्त लोकप्रिय थिए र बजारबाट बहिर्गमन नहुन्जेल मोटोरोला मोबाइलका ब«याण्डहरूमा नेपालमा अग्रणी ब्राण्डका रुपमा रहि रह्यो ।’ मोटोरोला कलमोबिलिटीको समूहसँग सहकार्य गरेर यो आकर्षण पुनःसिर्जना गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार विश्वव्यापी रुपमा नै मोटोरोलाका ई सेभेन पावर अतिलोकप्रिय उत्पादन हो, जसमा सन् २०१९ सम्ममा जि वर्गको बिक्रीमात्र नै १० करोडभन्दा धेरै भएको छ । ई वर्गले ती ग्राहकलाई केन्द्रित गर्दछ जो आफ्नो वर्गमा विशेषतामा उत्तम भएको अझ नयाँ जीवन शैलीमा स्तरोन्नति गर्न खोज्दैछन् ।

मोटो ई सेभेन पावर कार्यप्रदर्शन, क्यामरा, ब्याट्री र अन्य धेरै थोकमा एउटा शक्तिशाली फड्को भएको कम्पनीको दावी छ ।

कम्पनीका अनुसार पूर्ण रुपमा नयाँ मोटो ई सेभेन पावरको आफ्नो वर्गमा उत्कृष्ट समग्र अनुभव छ, एउटा अत्यन्त चाँडो काम गर्ने र २ जीबी र्‍याम र ३२ जीबी स्टोरेजमा, ५००० एमएएचको ब्याट्री, ६.५” एचडी अल्ट्रा-वाइड डिस्प्ले,  १३ एमपी  ड्यूल क्यामेरा, मोटोरोलाकै आफ्नो स्टक एन्ड्रोइड् अनुभवका साथ केवल १२ हजार ९९९ रुपैयाँ रहेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी मोटोरोलालाई नेपालमा पुनःल्याउन पाउँदा अत्यन्त रोमान्चित र हर्षित छौं । हामी मोटोरोलाका मुख्य मूल्य मान्यताहरूमा नै विश्वास गर्दछौं । मोटोरोलाको नवीनताका लागि लगावसँग हाम्रो वितरण र बिक्री पछिको सञ्जालको साथले गर्दा हामी सन् २०२१ सम्ममा मोटोरोलालाई नेपालको एउटा अग्रणी स्मार्टफोन ब्राण्ड बनाउन सक्नेछौं भन्नेमा विश्वस्त छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment