Comments Add Comment

बाराका कोरोना संक्रमित पुरुषको वीरगञ्जमा मृत्यु

१० वैशाख, वीरगञ्ज । वीरगञ्जमा बाराका एकजना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । बाराको जीतपुसिमरा उपमहानगरपालिका– ७ बस्ने ४० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै वीरगञ्जमा ९ जनाको मृत्यु भइसकेको छ ।

नारायणी अस्पतालस्थित आइसोलेसन वार्डमा उपचारको क्रममा शुक्रबार दिउँसो ४:३० बजे उनको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । श्वासप्रश्वासमा देखिएको समस्या जटिल भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

‘उहाँमा कुनैपनि दीर्घ रोग थिएन, श्वासप्रश्वासको समस्या लिएर अस्पताल आउनुभएको हो,’ डाक्टर दासले भने, ‘ फोक्सोमा कडा कोभिड निमोनिया देखिएको थियो, सक्दो कोसिस गर्‍यौं, तर बचाउन सकिएन । ’

स्वास्थ्यमा समस्या भएपछि वैशाख ६ गते उनलाई उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको थियो । नारायणी अस्पतालकै पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वैशाख ८ गते उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

एचडीयू र आईसीयू गरी ४२ बेडको आइसोलेसन वार्ड भएको नारायणी अस्पतालमा गम्भीर अवस्थाका ३१ जना संक्रमित उपचाररत छन् । २७ जनालाई अक्सिजन दिएर राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment