+
+
Shares

राष्ट्रियसभाको उपनिर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १० गते १८:४७

१० वैशाख, काठमाडौं । राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि निर्वाचन आयोगले वाग्मती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

आयोगले निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा २ (दुई) जना (१ जना जगेडा समेत) जिल्ला न्यायाधीशको नामावली माग गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगले वाग्मती प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । त्यस दिन बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?