+
+
Shares

हामी दाता कहाँ भेटिएला भन्ने अवस्थामा छौं, यसलाई फेरौं : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ११ गते १३:०२

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई दाताको हैसियतमा उठाउन आ–आफ्नो ठाउँबाट प्रयास गर्न आह्वान गरेका छन् ।

अहिले हामी दाता कहाँ भेटिएला भनेर सहयोगको अपेक्षा गर्ने अवस्थामा छौं भन्दै प्रधानमन्त्री ओलीले यस अवस्थालाई हामीले नै फेर्नु पर्ने बताए ।

पुनर्निर्मित धरहराको शनिबार उदघाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले बनाउने हो देश र हामी बनाउन सक्छौं । हामी सहयोगापेक्षी भएर बस्ने होइन, हामी कर्मठ भएर बस्ने हो ।’

उनले अगाडि भने, ‘नेपाली जाति भिखमंगा हुन सक्दैन । दान गर्ने दाता जाति हो, भिखमंगा होइन । त्यसकारण देशलाई दाताको हैसियतमा उठाउन हामीले आ–आफ्नो ठाउँबाट प्रयास गर्नु जरुरी छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?