
११ वैशााख, विराटनगर । कोरोना संक्रमणका कारण शनिबार विराटनगरमा दुईजनाको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका दुईजनाको मृत्यु भएको हो ।
कोभिड उपचार केन्द्रका संयोजक एपोलो भगतका अनुसार शनिबार बिहान विराटनगर महानगरपालिका–६ का ४८ वर्षीय पुरुष र शनिबार बेलुका करिब ५ बजे विराटनगर महानगरपालिका–१७ की ७० वर्षीय महिलाको मृत्यु भएको हो ।
मृतक महिला शुक्रबार कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएको भगतले बताए । श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएकी महिलाको अवस्था गम्भीर थियो ।
विराटनगर–६ ठेगाना उल्लेख गरेका ४८ वर्षीय व्यापारी पुरुषको शनिबार बिहान मृत्यु भएको हो । इनरुवामा बस्दै आएका उनलाई उपचारका लागि वैशाख ३ गते भर्ना गरिएको थियो ।
श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका पुरुषको उपचारका क्रममा बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया 4