Comments Add Comment

एपीएफ भोटेकोशी गाउँपालिका अध्यक्ष कप भलिबलको च्याम्पियन

११ वैशाख, काठमाडौं । विभागीय टिम एपीएफ क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा च्यापियन बनेको छ । शनिबार भएको उपाधि भिडन्तमा एपीएफले न्यू डायमण्डमाथि ३–० को सहज जित निकाल्ने क्रममा २५–१६, २५–२२ र २५–१४ को सोझो सेटमा स्तब्ध बनायो ।

एपीएफकी सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गदै स्पाइकमार्फत २४ अंक जोड्दा ब्लक र सर्भिसमा एक–एक अंक जोडेकी थिइन् । कुल २६ अंकको योगदान दिएकी सरस्वतीले आफ्नो गल्तीका कारण ५ अंक विपक्षी टिम न्यू डायमण्डले प्राप्त गरेको थियो । एपीएफकै रेश्मा भण्डारी र पूजा चौधरीले सात सात अंकको योगदान दिएका थिए ।

उपाधि विजेता एपीएफले नगद ३ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता न्यू डायमण्डले २ लाखसहित ट्रफी प्राप्त ग¥यो । प्रतियोगितामा एपीएफकी सरस्वती चौधरीले उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले २० हजार पुरस्कार प्राप्त गरिन् । सरस्वतीलाई हिमालय सीमापार वाणिज्य संघका अध्यक्षले सम्मान स्वरुप नगद ५० हजारसमेत प्रदान गरे ।

प्रतियोगिताको विधागत पुरस्कारतर्फ आर्मीकी शान्ति थारुले बेष्ट स्पाइकर, आर्मीकै सुनिता खड्काले बेष्ट ब्लकरको उपाधि जिते । न्यू डायमण्डकी प्रतिभा मालीले बेष्ट सर्भर, सलिना श्रेष्ठले बेष्ट डिफेन्सको उपाधि हात पारे । यसैगरी एपीएफकी विनिता बुढाथोकी बेष्ट सेटर चुनिइन् । विधागततर्फ उपाधि विजेताले जनही ७ हजार रुपैयाँ प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment