+

एपीएफसँग मधेश पराजित हुँदा सुदूरपश्चिम पीएम कपको फाइनलमा

२०८२ चैत  ३० गते १६:४८ २०८२ चैत ३० गते १६:४८
एपीएफसँग मधेश पराजित हुँदा सुदूरपश्चिम पीएम कपको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा एपीएफले मधेश प्रदेशलाई ७४ रनले पराजित गरेपछि सुदूरपश्चिम प्रदेश फाइनल प्रवेश गरेको छ।
  • सुदूरपश्चिमले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ, जुन आर्मीले कोशी प्रदेशलाई १८५ रनले हराएको थियो।
  • एपीएफका आसिफ शेखले १४२ बलमा २०८ रन बनाएर पीएम कपकै सर्वाधिक स्कोर बनाएका छन्।

३० चैत, काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफले मधेश प्रदेशलाई ७४ रनले पराजित गरेपछि सुदूरपश्चिम प्रदेश फाइनल प्रवेश गरेको छ ।

सुदूरपश्चिमको सोमाबार आफ्नो खेल नभएपनि अर्को खेलको नतिजा आफुअनुकुल आएपछि फाइनल पुगेको हो । यसअघि नेपाल पुलिस क्लबलाई हराउँदै सुदूरपश्चिम फाइनल नजिक थियो ।

सुदुरपश्चिम फाइनल पुग्न मधेशले बाँकी दुई मध्ये एक खेल हारे हुन्थ्यो । सोमबारै मधेश पराजित भएपछि सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो ।

सुदूरपश्चिमले अब उपाधिका लागि अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मीले सोमबारै कोशी प्रदेशलाई १८५ रनले हराउँदै ८ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा छ ।

सुदूरपश्चिमले ९ खेल खेलिसकेको छ र १२ अंक जोडेर दोस्रोमा छ । एपीएफले पनि सबै ९ खेल खेलिसकेको छ र ११ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ ।

आर्मी, सुदुरपश्चिम र एपीएफले अर्को वर्ष हुने जय ट्रफी एलिट कपमा पनि स्थान पक्का गरिसकेका छन् । अर्को सिजन जय ट्रफीमा ६ टिमले खेल्ने भएकोले विभाग बाहेक अन्य टोलीलाई फाइदा पुगेको छ ।

जनकपुरमा भएको खेलमा एपीएफले आसिफ शेखको कीर्तिमानी दोहोरो शतकमा पीएम कपकै सर्वाधिक स्कोर ३९० रन बनायो ।

आसिफले १४२ बलमा २०८ रन बनाए । उनले १५ चौका र १७ छक्का प्रहार गरे । सन्दिप जोराले ५६ र कप्तान रोहित पौडेलले ५५ रन बनाए ।

३९१ रनको लक्ष्य पछ्याएको मधेशले ५० ओभर पूरा खेल्दै ८ विकेट गुमाएर ३१६ रन बनायो । मधेशका लागि मोहमम्द आदिल आलमले ८७ र अरिनको यादवले ८६ रन बनाए ।

एपीएफका अभिशेष गौतमले ३ र कमल सिंह ऐरीले २ विकेट लिए ।

एपीएफ क्लब पीएम कप क्रिकेट सुदूरपश्चिम प्रदेश क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय