+
+
Shares

गुल्मीमा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु

अनिल खत्री अनिल खत्री
२०७८ वैशाख १२ गते ८:५८

१२ वैशाख, गुल्मी । गुल्मीमा एन्टिजिन परीक्षण रिपोर्ट पोजेटिभ भएका एक पुरुषको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर–३ बासखर्क बस्ने ४५ वर्षीय पुरुषको गएराति मृत्यु भएको छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक पुन्यप्रसाद गौतमले बताए ।

वैशाख २ गते भारतबाट फर्किंदा नै ज्वरो आएकाले उनी होम आइसालेशनमा थिए । उनको वैशाख ३ गते एन्टिजिन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको स्वाब सकलन गरी पीसीआर परीक्षण गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाउने तयारी भएको स्वास्थ्य संयोजक गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?