
१२ वैशाख, सिन्धुपाल्चोक । उपत्यकाबाट प्रवेश गर्ने व्यक्तिमार्फत जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले चेकजाँचमा कडाइ गरेको छ । प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल आफैं चेकजाँचमा निस्किएका छन् ।
जिल्लामा रहेका तीन वटै सुरक्षा निकायका प्रमुखसहित शनिबार जिल्ला छिर्ने नाका वनदेउ पुगेका प्रमुख जिल्ला अधिकारी पोखरेलले सवारीसाधनहरुमा स्वास्थ्य मापदण्ड पालना भए÷नभएको जाँच गरे । पहिलो चरणमा मास्क नलगाउनेलाई मास्क वितरणसमेत गरिएको उनको भनाइ छ ।
‘शुक्रबार र शनिबार सकुटेमा धेरैजना आउने भएकाले अनुगमन गरिएको हो, पहिलो फेजमा सम्झायौं’, उनले अनलाइनखबरसँग भने, ‘दोस्रो चरणमा कारबाही पनि हुन्छ ।’ आइतबार चौतारामा पनि सचेतनामूलक कार्यक्रम गरिएको छ ।
जिल्लामा हाल ३ जना सक्रिय संक्रमित छन् । तर, स्वास्थ्य मापदण्डको पालना भए जोखिम बढ्न सक्ने भएकाले कडाइ गर्न थालिएको उनले बताए ।
प्रतिक्रिया 4