+
+
Shares

राष्ट्रियसभा सदस्य उपनिर्वाचन : वैशाख २४ गते उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १२ गते १७:५६

१२ वैशाख काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि वैशाख २४ गते उम्मेदवारी दर्ताको समय तोकेको छ ।

आइतबार उपनिर्वाचन कार्यक्रम सार्वजनिक गर्दै आयोगले वैशाख २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र वैशाख २५ मा उम्मेदवारको विरोधमा उजुरी दिने, २६ र २७ गते उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जानकारी दिएको छ ।

त्यस्तै वैशाख २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारले नाम फिर्ता लिने र २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिह्न दिने कार्यक्रम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगले राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि वैशाख २१ गते नै मतदाता नामावली प्रकाशन गर्ने र २२ र २३ गते निवेदन तथा उजुरीमाथि छानबिन गरी २३ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।

बाग्मती प्रदेशबाट अन्य समूहमा एक पद रिक्त भएकाले उक्त पदमा उपनिर्वाचन हुन लागेको हो । माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेका कारण उक्त पद रिक्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?