Comments Add Comment

गुल्मीका कोरोना संक्रमितको भैरहवामा मृत्यु

१२ बैशाख, बुटवल । गुल्मीको पिपलधाराका कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । गुल्मीको पिपलधाराका ४१ वर्षीय पुरुषको भीम अस्पताल भैरहवामा आइतबार बिहान मृत्यु भएको हो ।

सशष्त्र प्रहरीका सेवानिवृत्त उनी भारतमा सेक्युरिटी गार्डको रोजगारीमा थिए । भारतमै कोरोनाका लक्षण देखिएपछि नेपाल फर्केका उनमा बैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोही दिन अस्पताल भर्ना भएका उनको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलले पुष्टि गरे । भारतबाट आएपछि उनी कपिलवस्तुस्थित ससुराली पनि गएका थिए ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७३ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । आइतबार मात्रै रुपन्देहीमा २०४ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा १२ सय ४६ जना संक्रमित विभिन्‍न अस्पतालमा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment