Comments Add Comment

पोल्याण्डबाट बक्सिङ टोली फर्कियो

१२ वैशाख, काठमाडौं । पोल्यान्डको किल्सीमा भएको आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली बक्सिङ टोली आइतबार स्वदेश फर्किएको छ ।

अप्रिल १० देखि २४ तारिखसम्म भएको प्रतियोगितामा दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए । सुष्मा तामाङ ४८ केजीमुनि क्वार्टरफाइनलसम्म पुगेकी थिइन् ।

पहिलो चरणमा बाइ पाएकी सुष्माले प्रिक्वार्टरफाइनलमा लिथुवानियाकी खेलाडीलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेकी थिइन् । क्वार्टरफाइनलमा सुष्मा आयोजक राष्ट्र पोल्यान्डकी खेलाडीसंग चुकेकी थिइन् । पोल्यान्डकी खेलाडीले प्रतियोगितामा रजत जितिन् ।

यसअघि उक्त प्रतियोगितामा कुनैपनि नेपाली खेलाडी क्वार्टरफाइनल पुग्न नसकेको नेपाल बक्सिङ संघले जनाएको छ । सुमिना खड्का ५४ केजीमुनि बेलारुसकी खेलाडीसंग पहिलो चरणमै पराजित भइन् । प्रशिक्षकमा ओम मास्के रहेका छन् ।

टोलीलाई नेपाल बक्सिङ संघका सदस्यद्वय पुस्करराज पन्त र मानबहादुर भण्डारी, बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगर, गोन्झाओ एसियाडमा नेपाललाई एक्लो पदक दिलाएका बक्सिङका दीपक महर्जनलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले विशेष कारणले उपस्थित हुन नसकेकोले भिडियो कलमार्फत टोलीलाई बधाइ दिनुका साथै स्वागत गरेको बक्सिङ संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment