Comments Add Comment

चोरी भयो विश्वकै लामो कीर्तिमानी खरायो, भेट्टाउनेलाई २ हजार पाउण्ड पुरस्कार

काठमाडौं । विश्वमा सबैभन्दा लामो शरीर भएको खरायोको रुपमा गिनिज बुकमा नाम लेखाएको एउटा खरायो बेलायतमा चोरी भएको छ ।

बेलायतको स्टोल्टन गाउँस्थित आफ्नै घरको खोरबाट दारियस नामक उक्त खरायो चोरी भएको हो ।

प्रहरीले उक्त खरायो देख्नेहरुले खबर गर्नका लागि सूचना जारी गरेको छ ।

खैरो रंगको उक्त खरायोको शरीर ४ फिट ३ इन्च लामो थियो । उक्त खरायोका मालिक एन्नेटे एडवार्ड चाहिँ पेशाले खरायो प्रजननकर्ता तथा मोडेल हुन् । खरायो हराएको घटना आफ्ना लागि निकै दुखद भएको भन्दै उनले चोरी गरिएको आफ्नो खरायो फर्काइदिन अनुरोध गरेकी छन् ।

उक्त खरायो आफ्नो घरमा ल्याइदिनेलाई २ हजार पाउण्ड पुरस्कार दिने घोषणा पनि उनले गरेकी छिन् ।

-हफिंटन पोष्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment