
१३ वैशाख, धनगढी । कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत टीकापुर नगरपालिका–१० का ५५ वर्षीय संक्रमितको मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
वैशाख ७ गते अस्पताल भर्ना भएका ती संक्रमितमा श्वासप्रश्वास सम्बन्धी समस्या र निमोनिया रहेको उनले बताए ।
आइतबार बिहान पनि सेती अस्पतालमै उपचाररत गोदावरी नगरपालिकाका एकजना संक्रमितको मृत्युु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4