+
+
Shares

बझाङमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन जनचेतना कार्यक्रम

रासस रासस
२०७८ वैशाख १३ गते १४:४५

१३ वैशाख,  बझाङ । कोरोनाको जोखिम हुन नदिन र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन प्रहरीले बझाङमा जनचेतनाका कार्यक्रम शुरुवात गरेको छ ।  सदरमुकाम चैनपुरका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्न आग्रह गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको  टोलीले चोकचोक र सडकमा माइकिङ गरेर सचेतना फैलाएको छ । जिल्लामा कोरोना संक्रमण दर दिनानुदिन बढ्दै गएकाले समयमै जिल्लाबासीलाई सचेत बनाएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।

‘कोरोना कसैलाई सोधेर लाग्दैन । रोग लाग्नुभन्दा लाग्न नदिने उपाय अवलम्बन गर्नु राम्रो हुनेछ,’ उनले भने, ‘स्वास्थ्यका मापदण्ड पालना गर्नु अरुका लागि हैन आफ्नै लागि हो ।’

घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न, स्यानिटाइजर प्रयोग गर्न र साबुनपानीले राम्ररी हात धुन, २५ जनाभन्दा बढी भेला नहुन र व्यक्तिगत दूरी कायम गरेर अघि बढ्न, सवारी साधनमा यात्रा गर्ने चालक तथा यात्रुलाई अनिवार्य मास्क लगाउन, कोरोनाको लक्षण देखिने बित्तिकै नजिकैको स्वास्थ्य संस्था, आइसोलेसन बेड तथा क्वारेन्टिनमा बस्नसमेत आग्रह गरिएको छ ।

बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो तीन दिनमा ११५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २८ जनामा पोजेटिभ देखिएको छ । तीमध्ये एकजनाको मृत्यु भइसकेको जिल्ला अस्पताल सिमखेतका कोभिड फोकल पर्सन नारायण जोशीले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?