Comments Add Comment

निजी क्षेत्रबाट खोप ल्याउने बाटो खोल्न परिसंघको माग

१३ वैशाख, काठमाडौं । नेपाल उद्योग परिसंघले कोरोना संक्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा खोप खरिदलाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएको छ ।

कोरोनाको चेन ब्रेक गर्न तत्काल खोप लगाउनु पर्ने भन्दै परिसंघको सोमबार बसेको आकस्मिक बैठकले यस अभियानमा निजी क्षेत्रलाई समेत सहभागी गराउन माग गरेको छ ।

खोप आयात कार्यमा निजी क्षेत्रलाई समेत सामेल गराएर अरु देशका खोपहरुलाई फास्टट्रयाकमा अनुदान प्रदान गर्नुपर्ने परिसंघको भनाइ छ । कठिन अवस्थामा समेत आपूर्ति व्यवस्थालाई सुदृढ गर्न उद्योग–व्यवसाय र यातायात क्षेत्रमा काम गर्ने कर्मचारी र मजदुरलाई प्राथमिकताका आधारमा खोप लगाउन समेत परिसंघले माग गरेको छ ।

क्षेत्रमा आवश्यक औषधि, स्वास्थ्य उपकरण र खाद्य क्षेत्रमा लगानी गर्ने व्यवसायीलाई आयकरमा छुट दिन माग गरेको छ । परिसंघको सोमबार बसेको आकस्मिक बैठकले कोभिड नियन्त्रण गर्न ठोस कदम चाल्न सरकारसमक्ष माग गर्दै यस्तो बताएको हो ।

कोभिडको पहिलो लहरबाट पाठ सिकेर उपचारमा आवश्यक बेड, औषधि, भेन्टिलेटरलगायत आवश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन अहिले नै तयारी गर्न समेत परिसंघले सरकारको ध्यानाकर्षण गराएको छ । यी क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहन गुर्नपर्ने भन्दै परिसंघले आयकरमा छुट दिन माग गरेको हो । यसले महामारी विरुद्धको लडाइँमा युद्धस्तरमा खटिन सहयोग पुग्ने अपेक्षा परिसंघको रहेको छ ।

प्रोटोकल पुरा गरी उद्योग खोलौं

परिसंघले सुरक्षाका प्रोटोकल पुरा गरी उद्योग भने संचालनको वातावरण बनाउन माग गरेको छ । दैनिक उपभोग्य वस्तुको आपूर्तिका लागि समेत उद्योगको संचालन अपरिहार्य रहेको भन्दै प्रोटोकल तयार गरी संचालन गर्नुपर्ने तर्क परिसंघको छ ।

परिसंघले कुनै कर्मचारी र मजदुरमा लक्षण देखिएमा पीसीआर गराउने र क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न भने उद्योगी–व्यवसायीसँग आग्रह गरेको छ । जिल्लामा रहेका होटेललाई सहमतिको आधारमा कोभिड केयर सेन्टर वा अस्पताल बनाउन समेत व्यवसायीले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment