Comments Add Comment

आहा-रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबुलाई स्कुटर हस्तान्तरण

१३ वैशाख, पोखरा । आहा-रारा गोल्डकपका उत्कृष्ट खेलाडी संकटा क्लबका राजुबाबु थापालाई स्कुटर हस्तान्तरण गरिएको छ ।

सहारा क्लब पोखराको आयोजनामा चैतमा भएको १९ औं संस्करणको आहा-रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबुलाई सोमबार अप्रिला स्कुटर हस्तान्तरण गरिएको हो ।

च्याम्पियन संकटाका गोलकिपरसमेत रहेका राजुबाबुलाई पोखरामा अप्रिलाका अधिकृत बिक्रेता सिताज लाइफ स्टाइलका प्रबन्ध निर्देशक अनुजकुमार बास्तोलाले स्कुटर हस्तान्तरण गरे । राजुबाबु प्रतियोगिताको उत्कृष्ट गोलकिपरसमेत घोषित भएका थिए ।

राजुबाबुले प्राप्त गरेको स्कुटर अप्रिला स्ट्रोम १२५ को बजार मूल्य २ लाख ४६ हजार ९ सय पर्छ । कम्पनीले स्कुटरमा लाग्ने कर छुटसमेत गरी हस्तान्तरण गरेको जनाएको छ ।

पोखरा रंगशालामा गत चैत २१ देखि २८ सम्म सम्पन्न प्रतियोगितामा संकटाले उपाधि जित्दा पाहुना टोली अफ्रिकन रुट एसोसिएसन, क्यामरुन उपविजेतामा सीमित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment