+
+
Shares

यामलाल कँडेलको आक्रोश : फ्लोर क्रस गर्नेहरू भगौडा हुन्

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १३ गते २०:०१

१३ वैशाख, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले ‘फ्लोर क्रस’ गरेका सांसदहरूलाई भगौडाको संज्ञा दिएका छन् ।

प्रदेशसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै नेता कँडेलले पार्टीको ह्विपविपरीत फ्लोर क्रस गर्ने काम अनैतिक र राजनीतिक अपराध भएको बताए । प्रदेश सरकारमा राजनीतिक अपराधी र भगौडाहरुको बाहुल्य रहेको भन्दै उनले यस्ता प्रवृत्तिले व्यवस्थामाथि नै प्रश्न उठेको जिकिर गरे ।

‘भगौडा जस्तो भागेर जानुले व्यवस्थाप्रति नै जनताप्रति नकारात्मक धारणा बनाउन सहयोग गरेको छ,’ फ्लोर क्रस गर्ने सांसद र मुख्यमन्त्रीप्रति आक्रोश पोख्दै कँडेलले भने, ‘राजनीतिक अपराध गरेर भागेका भगौडालाई पुरस्कार दिने सरकार पनि कर्णालीमै छ, मुख्यमन्त्री भगौडाका कमाण्डर बने ।’

नेकपा माओवादी केन्द्रले अहिले पनि ओली नेतृत्वको सरकारलाई समर्थन गरेर हिसाबकिताब मिलाउन खोजेको कँडेलको आरोप छ । ‘हिसाब मिलाउने पार्टीसँग संगत गरेर सुशासन कायम हुन सक्दैन,’ उनले भने ।

चैत ३ गते बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत लिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पेश गरेको प्रस्तावमा चारजना एमालेका सांसदहरूले मतदान गरी ‘फ्लोर क्रस’ गरेका थिए ।

फ्लोर क्रस गरेका तीनजनालाई मुख्यमन्त्री शाहीले मन्त्रीमा नियुक्त गरेका छन् । जसमा कुर्मराज शाही भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अमर थापा भौतिक पूर्वाधारमन्त्री र नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा छन् । प्रकाश ज्वाला भने कुनै पनि जिम्मेवारीमा छैनन् ।

फ्लोर क्रस गर्ने सांसदहरु सोमबार नै पदमुक्त भएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?