Comments Add Comment

गुल्मीमा करेन्ट लागेर एकजनाको मृत्यु

१३ वैशाख, गुल्मी । गुल्मीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इस्मा गाउँपालिका–२ ताल्तुङ्गमा बिजुलीको काम गर्ने क्रममा १८ वर्षीय प्रकाश मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा करेन्ट लागेर घाइते भएका मुखियाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment