Comments Add Comment

नेपाल एयरलाइन्सको टिकटको भुक्तानी क्यूआर कोडबाट गर्न सकिने

१३ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमको टिकट खरिद गरेको रकम भुक्तानी नेपाल बैंकको क्यूआर स्क्यानबाट गर्न सकिने भएको छ । निगम र नेपाल बैंकले संयुक्त रुपमा यो प्रणालीको शुभारम्भ गरेका छन् ।

निगमका महाप्रवन्धक डिम प्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा यो कार्यको सुरुवात गरे । बदलिँदो परिवेशमा डिजिटल भुक्तानीको महत्व बढ्दै गएको सन्दर्भमा आगामी दिनमा निगमको सेवा बिस्तारमा यो प्रणाली सहयोगी हुने विश्वास व्यक्त गरे । उनले यो प्रणालीबाट दुर्गम गाउँबाट टिकट काट्न र भुक्तानी गर्न सहज हुने उल्लेख गरे । उक्त अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले निगमको वित्तीय कारोबारमा आफ्नो सहभागिता सहित नयाँ प्रविधि व्यवस्थित गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment