Comments Add Comment

चान्द्रमास अनुसार वैशाख सुरु, शास्त्रीय मान्यतामा यस्तो छ महत्व

मंगलबारदेखि चान्द्रमासको वैशाख महिना सुरु भएको छ । सौर्यमास अनुसार १४ दिनअघि नै यो महिना सुरु भएको भए पनि चान्द्रमास अनुसार मंगलबारदेखि मात्रै यसको सुरुवात भएको हो । यही दिन काठमाडौंको २२ धारामा मेला पनि लाग्ने गर्छ । तर यो वर्ष कोरोना महामारीका कारण यो मेला पनि औपचारिकतामा मात्रै सीमित हुने आयोजकले जनाएका छन् ।

विशाख नक्षत्रसँगको सम्बन्धका कारण यसलाई वैशाख भनिएको हो । यो महिना आफैँमा धार्मिक हिसाबले महत्वपूर्ण महिना हो । यसमा अक्षय तृतीया जस्तो पवित्र पर्व होस् या त वरुथिनी एकादशी, बुद्ध जयन्ती जस्ता हिन्दु र बौद्ध धर्मको लागि समेत महत्वपूर्ण महिना हो वैशाख महिना ।

शास्त्रीय मान्यता अनुसार वैशाख महिनामा सूर्याेदय पूर्व नै स्नानादि नित्यकर्म सम्पन्न गर्नुपर्ने मान्यता राखिन्छ । वैशाख महिना वसन्त ऋतुका कारण आफैँमा नयाँ उमंगको बहार ल्याउने महिना हो । यसको धार्मिक महत्व पनि उस्तै छ ।

भगवान् विष्णु, परशुराम र देवीको पूजा मुख्य रूपमा यस महिनामा गरिन्छ । यस महिनामा गंगा उपासना, मोहिनी एकादशी, अक्षय तृतीया जस्ता चाडपर्व पर्छन् ।
पुराणमा यो उल्लेख गरिएको छ कि यस महिनामा सूर्योदय हुनु अघि उठ्नुपर्छ । पवित्र नदीमा नुहाउनु पर्छ र श्री हरि विष्णु को पूजा गर्नुपर्छ । सूर्यलाई पानी चढाउनु पनि शुभ मानिन्छ ।

महर्षि नारदले बताएको वैशाख महिनाको महत्व
ब्रह्मा जीले अन्य महिनाहरूभन्दा यो महिनाको धेरै महत्वका साथ वर्णन गरेको शास्त्रीय मान्यता पाइन्छ । नारद मुनिले आफ्नो ग्रन्थ नारद संहितमा यो महिनालाई धर्म, त्याग र तपस्याको सार मानेका छन् ।

वरुथिनी एकादशी
हिन्दू धर्ममा एकादशी उपवासको विशेष महत्त्व हुन्छ । वैशाख महिनाको कृष्ण पक्षको एकादशीलाई वरुथिनी एकादशी भनिन्छ । यसदिन भगवान विष्णुको पूजा गरिन्छ ।

अक्षया तृतीया
भगवान–विष्णुको अवतार नार–नारायण, वैशाख महिनाको अक्षय तृतीयाको दिन अवतार लिएको भन्ने मान्यता छ । अक्षय तृतीया सबभन्दा भाग्यशाली दिन मानिन्छ । परशुराम जयन्ती पनि यस दिन मनाउने गरिन्छ । यही दिन सत्य युगको सुरुवात भएको भन्ने मान्यता पनि राखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment