Comments Add Comment

‘मोनिका, ओ माई डार्लिङ्ग’का लागि राजकुमारले लिए १५ करोड

बलिउड नायक राजकुमार राव र नायिका हुमा कुरेसी श्रीराम राघवनको नयाँ चलचित्र ‘मोनिका, ओ माई डार्लिङ्ग’मा काम गर्दैछन् । नेटफ्क्लिसले निर्माण गर्न लागेको यो चलचित्रका लागि राजकुमारले महंगो पारिश्रमिक लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । राजकुमारले यो चलचित्रका लागि १५ करोड पारिश्रमिक लिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

राजकुमार बलिउडमा सफल नायकको रुपमा अगाडि बढिरहेका छन् । विशेषगरि, उनले अभिनय गरेका चलचित्रको व्यापारिक सफलता मात्र होइन, उनको अभिनयको चर्चा पनि हुन्छ । यसैले पनि उनले महंगो पारिश्रमिक लिएका हुन् ।

सन् २०१० मा बलिउडमा डेब्यू गरेसँगै राजकुमार लामो रेशको घोडाको रुपमा उदाएका थिए । उनी नेटफ्क्लिसकै नयाँ चलचित्र ‘दि वाइट टाइगर’मा पनि काम गरिरहेका छन् ।

बलिउडमा उत्कृष्ट कथावस्तुमा काम गर्ने नायकको रुपमा राजकुमार चिनिएका छन् । यसैले, पनि दर्शकमा उनीप्रतिको विश्वास बलियो बनेको छ । राजकुमारको ‘हम दो दोबारा र बधाई दो’मा पनि रिलिजको क्रममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment